Top Ad unit 728 × 90

Flash News

news;Election;politics

राजधानीका आकाशेपुलमा खुलेआम युवतीहरु मोल मोलाई र किनबेच



काठमाडाै‌का अाकाशे पुल नै याैन व्यापारकाे केन्द्र बन्न पुगेको एक अध्ययनले देखाएको छ। काठमाण्डौका विभिन्न आकशे पुलहरुमा यौन किनबेच गर्ने स्थल बनेका हुन् । 'अधिकारका लागि अभियान' नामक एक संजालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले काठमाडौँका प्रमुख सहरहरु कलंकी, गोंगबु लगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीहरुसम्मलाई यौन कार्यमा सेटिङ गर्दै गर्दाको तथ्य पत्ता लगाएको हो। भुकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसंगीको लहैलहैमा भागर सहर प्रेवश गरेका बालिकाहरु यौनकार्यमा संलग्न हुने गरेको संजालले जनाएको छ ।

 ११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुर्व्यसनीहरुमा लागेका युवतीहरु यौनकार्यमा लागेको पाइएको छ । त्यस्तै अत्यन्त न्युन आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलाहरु समेत यौन कार्यमा संलग्न रहेको अध्ययनमा संलग्न एमएमएसडी नेपाल की अध्यक्ष रुपा शर्मा नेहाले बताइन । ग्राहकले यौनकार्यसँग मोल मोलाइ गरिरहेको देख्न, सुन्न र अनुभव गर्ने सकिने उक्त अध्ययनमा संलग्न 'छोरी' नामक संस्थाकी अध्यक्ष हीरा दाहाल ले समेत बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना, सवारी चालक सहचालक तथा भर्खरका विद्यार्थीहरु वढी छन् ।
राजधानीका आकाशेपुलमा खुलेआम युवतीहरु मोल मोलाई र किनबेच Reviewed by admin on November 25, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.