दोलखामा बुथकब्जा भएको समाचार सत्य होइन
दोलखा : दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएको केही मिडिया हरुले फेसबुकमा समाचार लेखेपनि,सत्यता नभएको पुष्टी भएको छ। केही बेर अघि नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको थियो। दोलखास्थित कान्तिपुर समाचार दाताले कान्तिपुर एफ एम सँग कुरा गर्दै बुथ कब्जा को समाचार झुट भएको र शान्तिपुर्ण तरिकाले मतदान भै रहेको बताएका छन्। 
दोलखाको कतिपय मतदान केन्द्रमा करिब २५ % मत खसिसकेको छ । प्रहरीले सुरछा सतर्कता बढाइराखेको छ । हिजो भने केही बम हरु भेटिएको र त्यसलाई प्रहरीले निस्क्रिय पारेको समाचार सुन्नमा आएको थियो। मङ्सिर १० गते आज नेपालका ३२ वटा हिमाली जिल्लामा मतदान भइरहेको छ।
दोलखाको कतिपय मतदान केन्द्रमा करिब २५ % मत खसिसकेको छ । प्रहरीले सुरछा सतर्कता बढाइराखेको छ । हिजो भने केही बम हरु भेटिएको र त्यसलाई प्रहरीले निस्क्रिय पारेको समाचार सुन्नमा आएको थियो। मङ्सिर १० गते आज नेपालका ३२ वटा हिमाली जिल्लामा मतदान भइरहेको छ।
दोलखामा बुथकब्जा भएको समाचार सत्य होइन
Reviewed by admin
on
November 25, 2017
Rating:
No comments: