तनहुँमा खुलेआम लुट्दै हिड्ने एमालेका लुटेरा चोर डन पक्राउ | छुटाउन प्रहरीलाई दबाब दिदैँ एमाले |
तनहुँ, चैत्र ४- तनहुँमा बस,ट्रक र माइक्रो बससँग जबर्जस्ती पैसा उठाउंदै हिंड्ने लुटेरा समुहका सदस्य लुट्दा लुट्दै पक्राउ परेका छन् । हिजो बेलुका व्यास नगरपालिका वडा ७ स्थित शेराटार भन्ने ठाउमा टोले गुण्डा तथा लुटेरा समुहका सदस्य शुवास नेपाली एक माइक्रो बससँग पैसा लुट्दा लुट्दै पक्राउ परेको प्रहरीले जनाएको छ ।
माइक्रो बसका सहचालकसँग करिब पाँच हजार रकम उठाउंदा उठाउंदै नेपाली पक्राउ परेका हुन। लुट्दा लुट्दै पक्राउ परेका एमालेका कार्यकर्ता समेत रहेका नेपालीलाई छुटाउन तनहुँमा प्रहरीलाई दबाब परेको छ।नेपालीलाई छुटाउन उनको समुहका मुख्य नाइके खेम गुरुङ र राजु गुरुङले एमाले नेताहरुमार्फत जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेश जोशीलाई दबाब दिएको एक बस चालकले वताए ।
स्थानियका अनुसार यो समुहले विभिन्न ठाउँमा मोटरसाइकल रोकेर खुकुरी र रडले आक्रमण गर्ने र डर,त्रास देखाएर जबर्जस्ती रुपमा रकम उठाउँदै आएको थियो। लुटेरा समुहलाई संरक्षण गर्ने राजु गुरुङमाथि ज्यान मार्ने उद्योगमा मुद्दा रहे पनि प्रहरीले पक्राउ गरेको छैन । उनी वडा अध्यक्षमा चुनाव लडेर हारेका थिए ।खेम गुरुङले भने जुवा खेलाएर पैसा उठाइ जिल्लाका प्रहरीलाई सेटिङ मिलाउँदै आएका छन् ।
एक बस चालकका अनुसार लुटेरा समुहका अपराधिक कृयाकलापलाई प्रहरीले लामो समय देखी आँखा चिम्लदै आएको छ। आज भने स्थानिय बासिन्दले लुटेरा नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन । उनका अनुसार अहिले एमालेको सरकार रहेको हुँदा लुटेराको पैसा खाएर उल्टै पीडितलाई प्रहरीले फसाउने हो कि भन्ने चिन्ता बढेको छ । मिडिया डबली बाट साभार।
तनहुँमा खुलेआम लुट्दै हिड्ने एमालेका लुटेरा चोर डन पक्राउ | छुटाउन प्रहरीलाई दबाब दिदैँ एमाले |
Reviewed by admin
on
March 18, 2018
Rating:
Reviewed by admin
on
March 18, 2018
Rating:

No comments: