जिम्वावेको ब्याटिङको अगाडि नेपाली बलिङ निरिह | बिशाल रनको लक्ष्य पछ्याउँदै नेपाल (लाइभ)
काठमाडौं, फागुन २० – आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको छ । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो । टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८०रन बनाएको हो ।
घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक १२३ रन बनाए । उनले ६६ बलमा ७ चाैका र ९ छक्काकाे मद्धतमा १२३ रन बनाएका हुन् । त्यस्तै ब्रेन्डन टेलरले ९१ बलमा ६ चाैका र एक छक्कासहित १०० रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए । नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।
लाइभ हेर्न यहाँ जानुहोस् : https://www.facebook.com/NepaliCricket.np/
जिम्वावेको ब्याटिङको अगाडि नेपाली बलिङ निरिह | बिशाल रनको लक्ष्य पछ्याउँदै नेपाल (लाइभ)
Reviewed by admin
on
March 04, 2018
Rating:
No comments: