Top Ad unit 728 × 90

Flash News

news;Election;politics

गगन गर्जिँदै भने "केपी ओली नेपालको प्रधानमन्त्री हो,अब जे मन लाग्यो पनि बोल्न पाइदैन।" पुरा पढ्नुहोस्।


काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु भएको चेतावनी दिएका छन् । चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले भने, ‘आजबाट दिनगन्ती सुरु भएको छ । नो इफ नो बट । आजबाट हामी प्रतिपक्षमा बसेर हिसाबकिताब लिन्छौं । उधारो होइन, नगदमा खनखनी ।’    प्रधानमन्त्री केपी ओली मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदको प्रशंसक रहेको सुनाउँदै भने, ‘सत्तापक्षको बहुमत हुँदाहुँदै किन दुईतिहाइ चाहियो ? यो दिव्यशक्तिको कारण र नियत के हो ?’
 प्रधानमन्त्री चाहिनेभन्दा बढी बलियो बनाउन चाहेर सत्तापक्षले आशंका जन्माएको थापाको भनाइ थियो । थापाले चुनावको कुरा ब्यँताइदै भने " आफुलाई बम प्रहार हुँदा काङ्ग्रेसले नै पड्काएको हो भनेर अफवाह फैलाउने केपी ओली अब सम्मानीय हुनु हुन्छ। अब एमालेको मात्र ओली होइन। देशको प्रधान मन्त्री हुनु हुन्छ। अब जे पायो त्यही बोल्नु हुँदैन। त्यसको पनि हामी हिसाब किताब राख्छौँ।"
गगन गर्जिँदै भने "केपी ओली नेपालको प्रधानमन्त्री हो,अब जे मन लाग्यो पनि बोल्न पाइदैन।" पुरा पढ्नुहोस्। Reviewed by admin on March 11, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.