काङ्ग्रेस संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवा भारी मतले विजयी | प्रकाशमान द्वारा बधाई ज्ञापन
काठमाडौं, फागुन २१ - कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको रुपमा निर्वाचित हुनु भएको छ। त्यस्तै शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता मनोनित गर्नुभएको छ । उपनेता र राष्ट्रियसभा दलको नेता संसदीय दलको नेताले चै चयन गर्ने व्यवस्था भएका कारण देउवा संसदीय दलको नेतामा विजयी भएसँगै गच्छादारलाई उपनेतामा मनोनित गर्नुभएको हो ।
देउवाले आफूलाई सर्वसम्मत दलको नेता दिएमा उपनेता रामचन्द्र पौडेल पक्षलाई दिने बताउनुभएको थियो । तर पौडेल पक्षबाट सिंह दलको नेताको उम्मेदवार बनेका कारण देउवाले आफ्नो प्रस्तावक बसेका गच्छदारलाई दलको उपनेता बनाउनु भएको हो । अब देउवाले सचेतक तथा राष्ट्रियसभा दलको नेता आफू पक्षधरलाई नै तोक्ने संभावना छ ।
कांग्रेस संसदीय दलको नेताका लागि सोमबार भएको चुनावमा देउवाले अर्का नेता प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै संसदीय दलको विजयी हुनुभएको थियो । देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद रहेका छन् । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको चुनावपछि अब छिट्टै संसदीय दल कार्यासमिति गठन गरिने काग्रेसले जनाएको छ । प्रकाशमान सिँह ले पराजय पछि संसदीय दलका नेतामा विजयी भएका शेरबहादुर देउवालाई बधाई दिएका छन्।
काङ्ग्रेस संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवा भारी मतले विजयी | प्रकाशमान द्वारा बधाई ज्ञापन
Reviewed by admin
on
March 05, 2018
Rating:
No comments: