Top Ad unit 728 × 90

Flash News

news;Election;politics

रेशम चौधरी कारागार मै बेहोस


धनगढी, फागुन २५ – कारागारमा नै ६ दिनदेखि अनसनरत टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रिएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि चौधरीलाई शुक्रवार दिउँसो सेती अञ्चल अस्पताल उपचारका लागि लगिएको छ ।  टिकापुर घटनाको मुद्धा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने लगायतका माग राखी अनसन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रीएपछि शुक्रवार अस्पताल लगिएको हो ।

 एक्कासी बेहोस भएपछि अस्पताल लगिएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए ।  आफूहरुले लेखेको औषधि चौधरीले खान नमानेको अस्पतालले जनाएको छ । ओषधि खान नमाने पछि चौधरीलाई कारागार नै फर्काइएको छ । ६ दिनदेखि कैलाली कारागारमा टिकापुर घटनाको आरोपमा पक्राउ परेका २४ जना अनसन बसिरहेका छन ।
रेशम चौधरी कारागार मै बेहोस Reviewed by admin on March 09, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.