दु:खद समाचार को छ | धनुषामा ८ बर्षको एक बालकको हत्या भएको छ
जनकपुरधाम चैत ४: धनुषामा एकजना बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिक रहेको कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।
हिजो साँझदेखि घरबाट हराईरहेका बालक रमणको शव आइतबार बिहान स्थानीयबासीले कुलोमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरिरमा चोट र दाग देखिएकाले हत्या नै गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बालकको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याईएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
दु:खद समाचार को छ | धनुषामा ८ बर्षको एक बालकको हत्या भएको छ
Reviewed by admin
on
March 18, 2018
Rating:
Reviewed by admin
on
March 18, 2018
Rating:

No comments: