ब्रेकिङ न्युज "केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा रिट दायर"
फागुन २३, काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्।
रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ। एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए। सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए। रिपोर्टर्स नेपाल डट कमले यस सम्बन्धी समाचार छापेको छ।
ब्रेकिङ न्युज "केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा रिट दायर"
Reviewed by admin
on
March 07, 2018
Rating:
Reviewed by admin
on
March 07, 2018
Rating:

No comments: