विश्वप्रकाश शर्माको बिनोद चौधरीलाई अाग्रह " अब चाउ चाउ मात्र होइन, रङ्गशाला नै बनाईदिनुहोस्।"
काठमाडौं चैत ९: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यापारीबाट निजी लगानीमा रंगशाला बन्नुपर्ने बताएका छन्। आफ्नै पार्टीका अर्बपति सांसद विनोद चौधरीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन आग्रह गरेका हुन्। शर्माले ट्वीटरमा लेखेका छन् : "चाउचाउ, स्टिल र बिस्कुट मात्रै कति ? अन्तर्राष्ट्रिय स्तरको एक रंगशाला आफ्नै पारिवारिक पूर्वजको नाममा बनाए पनि त हुन्छ। पीपीपी मोडेलमा होस् या बुटझमा, या खेलझ उद्योगको नवीन धारणामा।"
प्रवक्ताले आफ्नै पार्टीका अर्बपति सांसदलाई आग्रह गरेका हुन् !! नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय रंगशालाको माग उठिरहेका बेला अर्बपति उद्योगी चौधरीले ‘निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने मेरो विश्वास छ। अथवा त्रिभुवन विश्वविद्यालयको खेल मैदानलाई पनि पुनर्संरचना गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु। यसका लागि तपाईहरुले राज्यलाई दबाब दिनुहुनेछ भन्ने आशा गर्दछु’ भनेका थिए। जवाफमा कांग्रेस प्रवक्ता शर्माले आफै बनाइदिन आग्रह गरेका हुन्।
विश्वप्रकाश शर्माको बिनोद चौधरीलाई अाग्रह " अब चाउ चाउ मात्र होइन, रङ्गशाला नै बनाईदिनुहोस्।"
Reviewed by admin
on
March 23, 2018
Rating:
Reviewed by admin
on
March 23, 2018
Rating:

No comments: