दुर्घटना भएको विमानमा थिए १९ जना एमबिबिएस विद्यार्थी थिए- नाम सहित
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमानमा बंगलादेशस्थित एक मेडिकल कलेजमा अध्ययनरत १९ नेपाली विद्यार्थी सवार रहेको खुलेको छ। सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एन्ड हस्पिटलमा अध्ययनरत १९ नेपाली विद्यार्थी एक महिने विदा मनाउन नेपाल आउँदै गरेको सोही कलेजका बंगलादेशी विद्यार्थी सौरभले नेपालखबरलाई जानकारी दिए।
१९ मध्ये १३ जनाको नाम मात्र आफूहरुले पत्ता लगाउन सकेको उनले बताए। उनका अनुसार सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी विमानमा सवार थिए।
दुर्घटना भएको विमानमा थिए १९ जना एमबिबिएस विद्यार्थी थिए- नाम सहित
Reviewed by admin
on
March 12, 2018
Rating:
Reviewed by admin
on
March 12, 2018
Rating:

No comments: