शिर्ष नेताहरु आज किन जाँदै छन् नुवाकोट? पढ्नुहोस्
चैत ७: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितका केन्द्रीय नेताहरु बुधवार नुवाकोट आउने भएका छन् । नुवाकोटमा हुन लागेको नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागि हुन काँग्रेस नेताहरु नुवाकोट आउन लागेका हुन् । बिदुर स्थित काँग्रेसको जिल्ला कार्यालय परिसरमा आयोजना हुने उद्घाटन कार्यक्रममा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशाँक कोईराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह,पूर्व सह–महामन्त्री अर्जुननरसिंह केसी लगायत दर्जनौं केन्द्रीय सदस्यहरुको समेत उपस्थिती रहने नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
यसैगरी बिहिवार हुने समापन कार्यक्रममा पूर्व सह–महामन्त्री डाक्टर रामशरण महत सहितका नेताहरुको सहभागिता रहने पनि नुवाकोट काँग्रेसले जनाएको छ । दुई दिन सम्म संचालन हुने कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनमा परिवर्तित सन्दर्भमा पार्टीले अपनाउनु पर्ने रणनीति, साँगठनिक सुदृढिकरणका उपायहरु र पार्टीका संयन्त्रहरुको प्रभावकारी परिचालनका विषयमा समेत छलफल हुने बताईएको छ ।
शिर्ष नेताहरु आज किन जाँदै छन् नुवाकोट? पढ्नुहोस्
Reviewed by admin
on
March 20, 2018
Rating:
Reviewed by admin
on
March 20, 2018
Rating:

No comments: