Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काङ्ग्रेस नेता खुम बहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर || भेन्टिलेटर मा उपचार हुँदै


काठमाडौँ, चैत ९ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् । यसैबीच उहाँको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ ।  पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कामना गर्दै बिहीबार पूजा गरेका हुन् ।
काङ्ग्रेस नेता खुम बहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर || भेन्टिलेटर मा उपचार हुँदै Reviewed by admin on March 23, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.