खुशीको खबर "बोक्सीको आरोपमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरीलाई यस्तो गरियो कार्बाही
काठमाडौं, फागुन २७ – बोक्सीको आरोपमा कैलालीमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बनमा परेका छन् । घोडाघोडी नगरपालिका –५ देउकलियाकी १८ वर्षे राधा चौधरीलाई बोक्सीको आरोपमा गएको बिहीबाार निर्घात कुटपिट भएको थियो । घटनाको जाहेरी गर्न नमानेको पीडित पक्षले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव निरीक्षक दिनेश विष्टलाई नेपाल प्रहरीले निलम्बन गरेको हो ।
जाहेरी दर्ता नगर्नुको कारणबारे विष्टसँग स्पष्टिकरण मागिएको तर चित्तबुझ्दो जवाफ नपाएको भन्दै उनलाई निलम्बन गरेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभयो । निलम्बित प्रहरी विष्टले भने आफूले कुटपिट गर्नेलाई पक्राउ गरेर जाहेरी दर्ता गर्न खोजेको तर घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीको दबाबपछि उनकै रोहबरमा पीडकलाई छाडेको बताएका छन् । राधालाई कुट्ने धामी रामबहादुर चौधरी र किस्मती चौधरी पक्राउ परिसकेका छन् ।
खुशीको खबर "बोक्सीको आरोपमा कुटिएकी युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरीलाई यस्तो गरियो कार्बाही
Reviewed by admin
on
March 11, 2018
Rating:
Reviewed by admin
on
March 11, 2018
Rating:

No comments: