स्याङ्जामा एमालेका वडाध्यक्षको ज्याजती | भोट हाल्ने जनतालाई यसरी घात गरे
स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् ।स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष लिएर धाँधली गरी प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने सम्मको धम्की दिएको स्थानीयको गुनासो रहेको छ।
साबिक मालुङ्गा ९ धाङलिङ्गमा विगत ४/५ महिना देखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट शान्ता भण्डारीलाई नियुक्त गरेका छन् भने स्थानीय विष्णु खनाल (मथुरा)लाई नै वडाध्यक्षले नियुक्ति दिन खोजे पछि यो अवस्था सिर्जना भएको हो।
आमासमुहको गत फाल्गुन ७ गतेको निर्णयबाट न्युक्ति भएकी शान्ताले काम गर्न थाली सकेको अवस्थामा वडाध्यक्ष र विष्णु खनालले किर्ते सही गरी फाल्गुन २२ गतेको माइनट लेखि धाँधली गरेको स्थानीयहरू बताउँछन्।
जनताले जनअपेक्षा अनुसार काम होला भन्ने सोचि रहेको अवस्थामा आफ्नो मतको कुठाराघात गरेको र विश्वास हटेको स्थानीय महिलाहरूको आरोप छ।वडाध्यक्ष गणेश बस्याल नेकपा एमालेबाट विजयी वडाध्यक्ष हुन भने यस विषयमा प्राथमिक स्वास्थ्य केन्द्र प्रशासन भने मौन रहेको छ।
स्याङ्जामा एमालेका वडाध्यक्षको ज्याजती | भोट हाल्ने जनतालाई यसरी घात गरे
Reviewed by admin
on
March 18, 2018
Rating:
Reviewed by admin
on
March 18, 2018
Rating:

No comments: