Top Ad unit 728 × 90

Flash News

news;Election;politics

अश्लील भिडियो हेरेको भन्दै बाबुले छोराको हात काटेर फालिदिए


हालै एउटा गम्भीर घटना घटेको छ । त्यहाँ एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् ।  छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । भारतको हैदरावादमा  छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए ।   पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी ।

उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको पुलिसले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए ।  खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामलाई नजरअन्दाज गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद आजित बनेका थिए । उनले यस विषयमा खालिदलाई झपारेका पनि थिए । तर बुवाले झपार्दा पनि खादिलको बानी छुटेन ।  त्यसपछि रिसलाई नियन्त्रण गर्न नसकेका मोहम्मदले छुरा प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन् ।


अश्लील भिडियो हेरेको भन्दै बाबुले छोराको हात काटेर फालिदिए Reviewed by admin on March 08, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.