Top Ad unit 728 × 90

Flash News

news;Election;politics

चितवन पुगेर गगन थापाले भने "०६२-६३ पछि बाम पन्थीले देशको दुर्दशा बनाए" अरु के के भने? पढ्नुहोस्


चितवन चैत्र ४: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापाले सरकारले पार्टी भित्रका गुट मिलाउन मन्त्रालय फुटाएको आरोप लगाएका छन् ।  चितवन रत्ननगरमा आइतबार सुरू भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं अधिवेशन उद्घाटन कार्यक्रममा थापाले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने दाबी गरे ।

‘दुई तिहाई जनमत भएको सरकारले आफ्नो पार्टी भित्रको गुट मिलाउन मन्त्रालय फुटाउँछ । यो सरकारले जनताको पक्षमा सोचेकै छैन भन्ने प्रष्ट भइसक्यो,’ उनले भने ।  ०६२/६३ को आन्दोलनपछि सबैभन्दा धेरै वामपन्थीहरु सत्तामा बसेका भन्दै थापाले देशको दुरावस्थाको जिम्मा उनीहरूले बढी लिनुपर्ने उनकाे भनाई थियाे।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र गणतन्त्र तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय व्यवस्था मन नपरेको भन्दै उनले संघीयता, गणतन्त्र र संसदीय व्यवस्था जोगाउन कांग्रेस जिम्मेवार हुनुपर्ने थापाले बताए ।
चितवन पुगेर गगन थापाले भने "०६२-६३ पछि बाम पन्थीले देशको दुर्दशा बनाए" अरु के के भने? पढ्नुहोस् Reviewed by admin on March 18, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.