प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले के भने?
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विकास र सम्वृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिवद्दता जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा पहिलो पटक सम्वोधन गर्दै प्रमुख दलका शीर्ष नेताहरुले सहमतिका आधारमा राष्ट्रिय मुद्धाको संवोधन गर्ने बाचा गरेका हुन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विकासका पक्षमा सबै दल एकठाउँ उभिनुपर्नेमा जोड दिनुभयो । प्रमुख विपक्षी दलका नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले लोकतन्त्र संस्थागत गर्न सरकारलाई सहयोग गर्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी पाँच बर्षमा सुशासन, विकास र समृद्दिको आधार तयार पारिने प्रतिवद्दता जनाउनुभयो ।
यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्यकालागि एकजुट हुनुपर्नेमा जोडदिनुभयो । प्रतिनिधिसभाको हिजोको बैठकले फागुन २६ गते सभामुखको निर्वाचनको मिति तय गरेको छ । स्रोत: कान्तिपुर समाचार ।
प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले के भने?
Reviewed by admin
on
March 07, 2018
Rating:
Reviewed by admin
on
March 07, 2018
Rating:

No comments: