Top Ad unit 728 × 90

Flash News

news;Election;politics

नुवाकोट पुगेर अर्जुननरसिँह केसी भने "सरकारले सँविधान विपरित काम गरे हामी चुप लागेर बस्दैनौ"


नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले समृद्ध नुवाकोट निर्माण प्रकृया विगतमै सुरु भईसकेको वताउँदै वर्तमानमा सबैले समृद्धिलाई एकमात्र लक्ष्य बनाएर अघि बढ्ने हो भने चाँडै नै यस क्षेत्रमा महत्वपूर्ण परिवर्तन हुने धारणा व्यक्त गरेका छन् । विगतमा सुरु भएका विकास योजना र पूर्वाधारहरुलाई पुर्वाग्रहरहित भएर वर्तमान नेतृत्वले अघि बढाउन सकेमात्र समृद्धिका योजनाहरुले सार्थकता पाउने नेता केसीको भनाई छ ।

नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा संचालन भईरहेको पाँचौं नुवाकोट महोत्सवलाई गत शनिवार संवोधन गर्दे काँग्रेस नेता केसीले नुवाकोट जिल्लालाई औद्योगिक नगरी वनाउने र यहाँका दुई नगरपालिकालाई एकिकृत विकास परियोजनामा समेट्ने काम पूर्ववर्ती सरकारको समयमै भईसकेको वताउँदै कामको जस लिने भन्दा पनि प्रभावकारी रुपमा काम सम्पन्न गरेर आर्थिक समृद्धिको मार्ग पहिल्याउन नयाँ नेतृत्व लाग्नुपर्नेमा जोड दिए । वर्तमान सरकार पाँचवर्ष सम्म टिकेर मुलुकवाट भष्ट्राचार, असमानता र विभेदको अन्त्य गर्न सफल रहोस भन्ने काँग्रेसको चाहना रहेको वताउँदै त्यसक्रममा नेता केसीले पूर्ण बहुमतको नाममा संबिधानको भावना विपरित हिड्ने काम भए काँग्रेस चुप लागेर नवस्ने चेतावनी समेत दिए ।
नुवाकोट पुगेर अर्जुननरसिँह केसी भने "सरकारले सँविधान विपरित काम गरे हामी चुप लागेर बस्दैनौ" Reviewed by admin on March 20, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.