Top Ad unit 728 × 90

Flash News

news;Election;politics

"विद्या भण्डारीको उम्मेदवारी खारेजी हुनु पर्छ" - काङ्ग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राई


 तेस्रो राष्ट्रपति को बन्ने, यसको छिनोफानोका लागि मंगलबार निर्वाचन हुँदैछ। वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन्। वर्तमान राष्ट्रपतिले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै कांग्रेसले भण्डारीको उम्मेदवारीको विरोध गर्दै राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जनाएको छ। वाम गठबन्धनका साझा उम्मेदवार भएका कारण निर्वाचन एउटा औपचारिकतामा सीमित भए पनि उनलाई निर्विरोध हुन नदिन कांग्रेसले राईलाई उम्मेदवार बनाएको हो। यसै सन्दर्भमा कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेकी राईसँगको कुराकानी: 
निर्वाचन त नजिक आइसक्यो, कस्तो छ तयारी?
अहिले मत माग्नै व्यस्त छु। पार्टीका सबै मतदातासम्म पुग्ने कोशिश जारी राखेकी छु। पार्टीले उम्मेदवार बनाइसकेकोले पार्टीको सहयोगको खाँचो छ भनिरहेकी छु। 

अंकगणितलाई हेर्ने हो भने तपाईँको जित देखिँदैन, यस्तो अवस्थामा उम्मेदवारी किन?
मैले उम्मेदवारी दिएकै दिन भनेकी थिएँ- चुनाव जित्ने/नजित्ने भनेको निर्वाचनको मत परिणामले देखाउने हो। मैले त संविधानअनुसार नै  उम्मेदवारी दिएको हुँ। तर वर्तमान राष्ट्रपति त संविधान मिचेरै काम उम्मेदवारी दिन जानुभएको छ। 

वर्तमान राष्ट्रपति भण्डारीको उम्मेदवारी कसरी अनैतिक भयो त?
सरकारी पदमा बसेर सरकारी हुलहुज्जतका साथ उहाँ उम्मेदवारी दर्ता गर्न जानुभएको सबैले देखेकै कुरा हो। सरकारी ढुकुटी रित्याएर त्यसो गर्न नैतिकताले दिन्छ?  चुनाव प्रचारमा सरकारी खर्च हुन्छ। त्यो कसले देख्ने? उहाँले त पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने हैन र? खै नियम पालना भएको? सांसदको सपथ नै नलिएका व्यक्तिहरुलाई प्रधानमन्त्री, मन्त्रीमा सपथ खुवाउनुभयो। यस्तो संविधान मिचेर काम गर्ने व्यक्तिबाट नेपाली जनताले के आशा गर्ने? 

त्यसो भए कांग्रेसले के गर्छ त?
हामी कानुनविद्हरुसँग छलफल गर्दैछौं। उहाँको उम्मेदवारी खारेज हुनुपर्छ। नभए हामी सर्वोच्चमा रिट हाल्छौं।  कहिले जानुहुन्छ त सर्वोच्च, चुनाव त नजिक आइसक्यो? समय प्रशस्त छ। यस्ता असंवैधानिक कदम चाल्नेहरुविरुद्ध के गर्न सकिन्छ भनी कानुनविद्सँग छलफल जारी छ। भोलि नै जान पनि सकिन्छ।

(पहिलो पोस्टबाट)
"विद्या भण्डारीको उम्मेदवारी खारेजी हुनु पर्छ" - काङ्ग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राई Reviewed by admin on March 10, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.