Top Ad unit 728 × 90

Flash News

news;Election;politics

नेपाली काङ्ग्रेसका कान्छाराम, जो पराजित भएर पनि आफ्नो घोषणापत्र अनुसार जिल्लामा ६ ओटा एम्बुलेन्स दिँदैछन्


नेपाली कांग्रेस रामेछापका नेता तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भएको उम्मेद्वार पूर्णबहादुर तामाङ्ग कान्छारामले रामेछाप जिल्लाको स्वास्थ्यक्षेत्रको लागि छ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् ।  निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स वितरण गर्ने कान्छारामले जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनको क्रममा उनले रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरापलिका लगायत विभिन्न स्थानमा एम्बुेन्स दिने घोषणा गरेका थिए ।

नेता कान्छारामले छ वटा एम्बुलेन्स भन्सारबाट काठमाडौं आइसकेको बताउदै आगामी चैत्र ३ गते रामेछापको सदरमुकाम मन्थलीबाट वितरण गर्ने बताए ।पराजित भएको भए पनि मलाई कुनै पर्वाह छैन, मैले दिएको बाचा पुरा गर्नको लागि सधैँ तत्पर छु कान्छारामले भने । विकट भेगको जनताले पाउनु पर्ने स्वास्थ्य सेवामा कमि भएको कारण आफूले गरेको बाचा पुरा गर्ने तामाङ्गले बताएकाछन् ।  जिल्लाको लागि आफ्नो व्यक्तिगत तर्फबाट छ वटा एम्बुलेन्स वितरण गर्ने र जनताले सो एम्बुलेन्सको प्रयोग गरी स्वाथ्यमा पाउन सहज हुने बताएका छन् ।

 निर्वाचनको गरेको घोषणा अनुसार नै कान्छारामले एम्बुलेन्स वितरण गर्न लागेका छन् । उनले उमाकुण्ड गाउँपालिकाको प्रिति भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने भएका छन् ।त्यसैगरी सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । एम्बुलेन्स वितरण भएपनि बिरामी पर्दा अस्पतालसम्म बिरामी लैजान स्थानीयलाई सहज हुनेछ ।

साथै, चैत्र ३ गते हुने एम्बु्लेन्स वितरण कार्यक्रमको आयोजना हुने बताएका छन् । कान्छाराको व्यक्तिगत लगानीमा खरिद गरेको एम्बुलेन्स वितरण गर्नको लागि पार्टी सभापति शेरबहादुर देउवा मन्थली आउने भएका छन् ।नेता कान्छारामको अनुसार पार्टी सभापति देउवाबाट नै एम्बुलेन्स वितरण गर्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार पार्टीका वरिष्ठ नेता राचन्द्र पौडेल, महामन्त्री सशाकं कोइराला, नेता विमलेन्द निधि, नेता गगन थापा लगायतका नेताहरु एम्बुलेन्स वितरण गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् ।
नेपाली काङ्ग्रेसका कान्छाराम, जो पराजित भएर पनि आफ्नो घोषणापत्र अनुसार जिल्लामा ६ ओटा एम्बुलेन्स दिँदैछन् Reviewed by admin on March 10, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.