Top Ad unit 728 × 90

Flash News

news;Election;politics

सडक माथिबाट खसेको ढुङ्गा माईक्रो मा बजारियो | चालकको मृत्यु


चैत ९, चितवन : नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।  मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको परिचय खुलेको छैन । बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।  दुर्घटनापछि केहीबेर अबरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा भएको छ । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ ।
सडक माथिबाट खसेको ढुङ्गा माईक्रो मा बजारियो | चालकको मृत्यु Reviewed by admin on March 23, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.