मनाङ मर्स्याङ्दी र थ्रिस्टार क्लबले खेलाडी नदिएपछि नेपालको मैत्रीपुर्ण खेल रद्द
काठमाडौं,चैत ९ – नेपाल र मलेसियाविरुद्ध तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । चैत १८ गते मलेसियाको क्वालालम्पुरमा हुने भनिएको नेपाल र मलेसियाबीचको खेल रद्द भएको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिनुभयो । रुपन्देहीमा हुने मदनभण्डारी गोल्डकप फुटबलका लागि थ्री स्टार र मनाङ मर्स्याङदी क्लबले खेलाडी ‘रिलिज’ गर्न नमानेपछि नेपालको मैत्रीपूर्ण फुटबलनै प्रभावित भएको हो ।
मलेसिया जाने नेपाली खेलाडीहरुले आज भिसाकालागि आवेदन दिनुपर्ने थियो तर नेपाली टिममा जाने खेलाडीहरु उपलव्ध नहुने भएपछि सो खेल नहुने पक्का भएको छ । नेपाली टिम आइतबार एएफसी एशियन कप छनौटकालागि कतार जाँदै छ । यसअघि कतारबाट सोझै मलेसिया जाने कार्यक्रम तय गरिएको थियो ।
मनाङ मर्स्याङ्दी र थ्रिस्टार क्लबले खेलाडी नदिएपछि नेपालको मैत्रीपुर्ण खेल रद्द
Reviewed by admin
on
March 23, 2018
Rating:
Reviewed by admin
on
March 23, 2018
Rating:

No comments: