"लोक प्रिय भएर पनि गगन थापा आँट नभएका नेता रहेछन्" धनराज गुरुङ (बिशेष समाचार)
हामीले शुरु गरेको जागरण अभियान दुई दिनमै समाप्त हुने अभियान होइन। यो कांग्रेस र सिंगो नेपाली राजनीतिलाई शुद्धिकरण गर्ने अभियान हो।सिंगो राजनीतिलाई शुद्धिकरण गर्ने भनेपछि आफ्नो पार्टी नेपाली कांग्रेस पहिले शुद्धिकरण हुनुपर्छ।पार्टी शुद्धिकरणको अभियान दुई दिनमै सकिने कुरा होइन यसले लामो समय लिन्छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङले खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।
जनताले कांग्रेस नेतृत्वप्रति प्रश्न उठाएका छन्। विधि सम्मत चुनिएका देउवालाई स्वागत गर्छौं र बधाई पनि दिन्छौ।कांग्रेस संसदीय दलमा शेरबहादुर देउवाको विजयलाई स्वीकार गर्नुपर्छ। नेपाली राजनीतिमा संसदीय दलको नेतामा विजयी भईसकेपछि देउवाको राजनीतिक कद घट्यो। सारा सामाजिक संजालमा कांग्रेसको अधोगतीको यात्रामा थप अधोगती हो भन्ने सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आएका छन्।त्यसलाई गम्भीर भएर हेर्नुपर्छ। गुरुङले बताए।
राजनीतिमा जितले मात्र कद बढाइदैन,कहिलेकाहि राजनीतिमा त्यागले पनि कद बढ्छ। २०४६ को जनआन्दोलनपछि राजा विरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनले कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर भट्टराई प्रधानमन्त्री भट्टराई बनेका थिए।त्यतिबेला गणेशमानले प्रधानमन्त्री जस्तो पद स्वीकार नगरेर राजनीतिक कद बढाएको गुरुङले स्मरण गरे।त्यस्तै देउवाले आफै सभापति भएको बखतमा पार्टीको हार हुँदा समेत नैतिकताको जिम्मेवारी नलिएको र संसदीय दलको नेतामा अरु कसैलाई छोडिदिएको भए देउवाको पनि राजनीतिक उचाई बढ्ने गुरुङको भनाई छ।
कुराले मात्र होइन,व्यवहारले पनि परिवर्तन खोज्नुपर्छ। वस्तुपरक ढंगले पनि खोजौ,तपाईं संसदीय दलको नेताको लागी तयार हुनुहोस् मैले गगन थापालाई भने,तर उहाँले आँट गर्नसक्नु भएन। गगनले किन आँट गर्नसक्नु भएन मलाई थाहाँ छैन। गुरुङले अगाडी भने- हामीले अभियान पनि चलाउने र खुट्टा अगाडी बढाउन आँट नगर्ने हुँदैन। देउवालाई दाई-दाई भनेर समानुपातिकमा परेका सांसदले संसदीय दलको चुनावमा देउवालाई भोट दिएर गुन तिरेको गुरुङको भनाई छ।
आइजिपी प्रकरणमा सिलवाललाई अन्याय नै भएको बताउँदै,सांसद नवराज सिलवालले शेरवहादुर देउवा अधिनायकवादी देख्नु ठिक भएको गुरुङले बताए। सरकारलाई हनिमुन पिरियड मनाउन दिन्नँ भन्ने देउवाको अभिव्यक्ति मुसाले हात्ती माथि चढेर हात्तीलाई बसाल्छु भनेर सपना देखे जस्तै भएको गुरुङको भनाई छ।
"लोक प्रिय भएर पनि गगन थापा आँट नभएका नेता रहेछन्" धनराज गुरुङ (बिशेष समाचार)
Reviewed by admin
on
March 07, 2018
Rating:
Reviewed by admin
on
March 07, 2018
Rating:

No comments: