Top Ad unit 728 × 90

Flash News

news;Election;politics

शेखर कोइरालाले भने " जति देउवाको नेतृत्व, काङ्ग्रेस त्यति नै कमजोर" पुरा पढ्नुहोस्


काठमाडौं: नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवाको जीत सडक र संसदमा कांग्रेसको भुमिका कमजोर बनाउने अभियानका रुपमा टिप्पणी गरेका छन् । नेता कोइरालाले पार्टीका संरचना निर्माण नगरि पार्टी कमजोर भएको अवस्थामा देउवाको जीतले संसदमा पनि कांग्रेसको भुमिका कमजोर बनाएको बताए ।

विराटनगरमा रहेका कोइरालाले  देउवा नेतृत्वमा रहदासम्म कांग्रेस दिनप्रतिदिन कमजोर हुँदै जाने बताए ।  उनले भने–‘देउवा जी अब जति मिनेट नेतृत्वमा बस्नुहुन्छ, कांग्रेस त्यती नै कमजोर हुन्छ । पार्टी सभापति, प्रधानमन्त्री, संसदीय दलको नेता भएको अवस्थामा पनि देउवा जीले पार्टी सभापतिको भुमिका निर्वाह गर्न सक्नुभएन ।’ उनले इतिहाँसमा सवैभन्दा कमजोर बन्दा समेत पार्टी होइन व्यक्ती चुनाव हारेको भन्ने देउवाले पार्टीलाई बलियो बनाउने नसक्ने बताए ।

नेता कोइरालाले इतिहाँसकै सवैभन्दा कमजोर बनाउने देउवालाई संसदीय दलमा के देखेर मतदाताले मतदान गरेको भनि प्रश्न गर्दै संसदीय दलका नेतामा निर्वाचित भएकोमा देउवालाई र मतदान गर्ने मतदातालाई धन्यवाद समेत दिए ।  नेता कोइरालाले पार्टी सभापति जिल्ला गाँउ क्षेत्र घुमेर कांग्रेसको संगठन निर्माण गर्ने बेलामा फेरी देउवाले सत्ताको लोभ देखाएको आरोप लगाए । उनले दुईतिहाईको सरकारले निरकुंशता लाद्न लागेको बेलामा देउवाको जीतले विपक्षी दलको भुमिका कमजोर हुने भन्दै सभापति देउवाले केन्द्रीय समितिको बैठकमा निर्वाचनको समिक्षा गर्न नदिने तथा महासमिति र केन्द्रीय समितिको बैठक टार्ने षड्यन्त्रमा लागेको आरोप लगाए । विकासटाइम्स बाट
शेखर कोइरालाले भने " जति देउवाको नेतृत्व, काङ्ग्रेस त्यति नै कमजोर" पुरा पढ्नुहोस् Reviewed by admin on March 06, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.