प्रधानमन्त्री ओली बिरुद्ध पुन एक पटक खनिए गगन थापा | के भने थापाले?
काठमाडौं: नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ ।’
उनले भने, ‘यो राम्रो होइन, मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस् ।’ थापाले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने जिकिर गरे । उनले भने, ‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन् ।’
प्रधानमन्त्री ओली बिरुद्ध पुन एक पटक खनिए गगन थापा | के भने थापाले?
Reviewed by admin
on
March 07, 2018
Rating:
Reviewed by admin
on
March 07, 2018
Rating:

यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ,
ReplyDelete