राष्ट्रपति चुनाब | ५५ हजार मतभार | अँक गणितमा कसको बलियो । चुनाव समय अवधी | कुन पार्टी कता?
![]() |
| Bidhya Bhandari vs Kumari Laxmi Rai |
प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरूको निर्वाचन मण्डलबाट बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुने व्यवस्था छ। राष्ट्रपतिको निर्वाचनमा ५२ हजार ५ सय मतभार भएको छ । ३६ हजार ५ सय १ मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रादेशिक संसद्का ५ सय ४९ जना मतदाता छन्। संघीय संसद्मा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रियसभाका ५९ सदस्य गरी ३ सय ३४ जना छन्।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ छ भने प्रादेशिक संसद्को मतभार ४८ छ। राष्ट्रियसभाका तीनजनाको नाम मतदाता नामावलीमा छैन। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभाका ३ जनाले शपथ ग्रहण नगरेका कारण उनीहरूको मतदाता नामावलीमा नभएको हो। राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका डा. युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेलले मतदाता नामावलीमा नाम नभएपछि राष्ट्रियसभाका मतदाता ५६ जना मात्रै हुने भएका छन्। यसबाट संघीय संसद्मा मतदान गर्नेको संख्या ३३१ हुने भएको छ।
प्रादेशिक संसद्मा प्रदेश ४ बाट निर्वाचित दीपक मनाङेबाहेक सबै मतदाता रहेका छन्। मनाङेविरुद्ध फौजदारी अभियोग लागेकाले उनी फरार छन् । उनलाई प्रहरीले फरार सूचीमा राखेको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि सबै आवश्यक तयारी पूरा भएको जनाएको छ । निर्वाचनको तालिकाअनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । संघीय संसद् (प्रतिनिधिसभा) का मतदाताका लागि सेतो पृष्ठभूमिमा हरियो र प्रदेशसभाका सांसदका लागि सेतो पृष्ठभूमिमा रातो रङको मतपत्रका व्यवस्था गरिएको छ।
राष्ट्रपति चुनाब | ५५ हजार मतभार | अँक गणितमा कसको बलियो । चुनाव समय अवधी | कुन पार्टी कता?
Reviewed by admin
on
March 12, 2018
Rating:
Reviewed by admin
on
March 12, 2018
Rating:

No comments: