"सन्दीप ले पहिलो खेल नै खेल्न सक्षम छन्" दिल्लीका कोच रिकि पोन्टिङको भनाई
चैत २२ – आईपीएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले शनिबारबाट सुरु हुने आईपीएलमा सन्दिपले खेल्ने सम्भावना धेरै रहेको बताए । बिहीबार दिल्लीमा भएको टिमको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दिपका बारेमा खुलेर प्रसंशा गर्दै उदाउँदा खेलाडी भएको र अभ्यासमा पनि राम्रो गरिहरेको बताए । साथै उनले उनको बलिङमा भेरियसन भएको र दिनभर बलिङ गर्दा पनि नथाक्ने खेलाडी रहेको बताए ।
उनले दिनप्रतिदिन आफनो बलिङलाई निखार्दै लगेको बताए । राम्रो करियर भएका खेलाडी सन्दिप राम्रो फिनिसरका रुपमा अगाडि बढिरहेको र चाहिएको बेला उचित बलिङ गर्ने खेलाडीमा रुपमा देखिएको बताए । साथै उनले टिममा उनले राम्रो वातावरण बनाएको र खुल्ला मिजास भएका खेलाडीका रुपमा रहेकाले दिल्ली डेयरडेभिल्सको टिम ११ मा पर्ने सम्भावना निकै रहेको बताए ।
"सन्दीप ले पहिलो खेल नै खेल्न सक्षम छन्" दिल्लीका कोच रिकि पोन्टिङको भनाई
Reviewed by admin
on
April 05, 2018
Rating:
Reviewed by admin
on
April 05, 2018
Rating:

No comments: