गाई खाने को झन् मनोबल बढाउँदै अधिकारकर्मी रीता साह | "राष्ट्रिय जनावर नि परिवर्तन हुनु पर्छ अब!"
महिला अधिकारकर्मी रीता साहले गाई काट्ने परम्परा धेरै पहिलादेखि चलिआएको भन्दै गाई काटेकै कारण पक्राउ गर्न नहुने बताएकी छिन् । साथै उनले परेकाहरूलाई छाड्न समेत माग गरेकी छिन् । नेपाल मधेस फाउण्डेसनमा समेत रहेकी साहले माईसंचार डटकमका सम्पादक विनय कर्ण संगको कुराकानीको क्रममा हिन्दूधर्मले मान्ने कुरालाई अर्को धर्म समुदायले मान्नै पर्छ भन्ने नभ्एको बताइन् । उनले नेपालको राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्नुपर्ने बेला आएको उल्लेख गरेकी छिन् ।
उनले गाई हिन्दुहरुको लागि पुज्यनिय रहेको तर अरु धर्म मान्नेहरुको लागि नहुने भएकाले राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने बताईन् । “गाई हिन्दुहरुको लागि पुज्यनिय हुन सक्छ, मुस्लिम र क्रिसचन लगायतका धर्महरुको लागि अर्कै जनावर पुज्यनिय हुन सक्छ, त्यसैले कुनै यस्तो राष्ट्रिय जनावर रोजौं जुन सबै धर्म मान्नेहरुको लागि पुज्यनिय होस्” उनले भनिन् । गाई काट्ने परम्परा आजदेखिको होईन मुस्लिम धर्ममा यो धेरै पहिला देखि चलिआएको परम्परा हो तर धर्म निरपेक्ष देशमा गाई काटेको आरोपमा पश्चिम नेपालमा धेरै जना मुस्लिम माथि मुद्दा लगाईएको छ र धेरै जना जेलमा छन् । उनीहरुको लागि त्यो राम्रो हो तर अरुको आस्था माथि पर्छ त्यसैले अव यसमा परिवर्तन ल्याउनु पर्छ उनी बताउँछिन् ।
संविधान धर्म निरपेक्ष भईसकेपछि पनि पुरानै हिन्दु राजाले ल्याएको परम्पराहरु चलिरहेकोले अव ढाका टोपी, गुन्योचोली, गाई, डाँफे, जस्ता विषयमा पनि परिवर्तन आवश्यक रहेको उनको तर्क छ । नेपालमा आइएनजिओ एनजीओहरु युरोपियन देशहरुबाट पैसा खाएर धर्म परिवर्तन गराउने काममा सक्रिय रहेको भनि यहाँका हिन्दु धर्मगुरुले बेलाबेलामा आरोप लगाउँदै आएको प्रश्नको जवाफमा अधिकारकर्मी एवं अनुसन्धानकर्ता साहले भनिन् “सबैको आ–आफ्नो आरोप छ तर यो देशको बजेट हेर्नुहुन्छ वा विदेशी दाताको लगानी हेर्नुहुन्छ भने यो देशमा युरोपियन युनियनले आइएनजिओ एनजीओहरु मात्रै होईन धैरै मन्त्रालायहरुलाई पनि चलाउँछ ।” धर्म परिवर्तन गर्नमा युरोपियन युनियन मात्रै होईन अरु पनि कारण रहेको उल्लेख गर्दै गरिवी, भोकमरी र छोराछोरीलाई शिक्षा दिक्षामा अभाव हुने व्यक्तिलाई पैसाको प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गरेको छ ,उनले भनिन् “यसको लागि पनि एउटा निति नियम बन्नु जरुरुी छ, कसैलाई दवाव दिएर धर्म परिवर्तन गराउनु हुँदैन तर कसैले स्वेच्छाले धर्म परिवर्तन गर्न चाहेमा रोक्नु पनि हुदैन् ।
गाई खाने को झन् मनोबल बढाउँदै अधिकारकर्मी रीता साह | "राष्ट्रिय जनावर नि परिवर्तन हुनु पर्छ अब!"
Reviewed by admin
on
April 12, 2018
Rating:
Reviewed by admin
on
April 12, 2018
Rating:

No comments: