Top Ad unit 728 × 90

Flash News

news;Election;politics

"आयस्रोत नै नभएको गरिब नेपालीहरुको स्वास्थ्य बिमा सरकारले नै गरिदिनुपर्छ " गगन थापा


पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन्  । वनेपामा आयोजित रक्तदाता सम्मान कार्यक्रममा बोल्दै उनले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताए। त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उनले सुझाव दिए ।
‘मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ’, थापाले भने। सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। ‘आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने । नागरिकमा खबर छ ।
"आयस्रोत नै नभएको गरिब नेपालीहरुको स्वास्थ्य बिमा सरकारले नै गरिदिनुपर्छ " गगन थापा Reviewed by admin on April 09, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.