Top Ad unit 728 × 90

Flash News

news;Election;politics

DPL क्रिकेट: यसरी हराए ज्ञानेन्द्रले पारस खड्काको टिमलाई


कैलाली, चैत २३ – काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । ​ प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौंले आज विराटनगर किङसलाई ५ विकेटले हरायो । धनगढीमा रहेको संघीय इकाई प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६४ रन बनायो । मध्यम सुरुवात गरेको विराटनगरको ३८ रन हुँदा अनिल शाह मात्र १० रनमा आउट भएपछि पहिलो विकेट गुमायो । त्यसपछि ७० रन बनाउँदा उसले लगातार दुई विकेट खेर फाल्यो । ओपनर दिलिप नाथ ३३ रनमा पेभेलियन फर्किए भने शुभंम कामतले खाता खोल्न सकेनन ।

लगत्तै पवन सराफ पनि मात्र दुई रनमा आउट हुँदा विराटनगरले ७६ रनमा चौथो विकेट गुमायो । विराटनगरका लागि फेरि एकपटक हङकङका खेलाडी बाबर हायातले उत्कृष्ट प्रदर्शन गरे । जारी प्रतियोगितामा दोस्रो अर्धसतक प्रहार गरेका हायातले ६७ रनको योगदान गरे । एक सय २० रन बनाउदा ५ विकेट गुमाएको विराटनगरले अरु २४ रन थप्दा सात विकेट खेर फाल्यो । उसका लागि बसन्त रेग्मीले १० र पृथु बास्कोटाले ११ तथा कप्तान पारस खड्काले ८ रनको योगदान गरे । बलिङतर्फ ललीत राजवंशीले तीन तथा रासिद खानले दुई विकेट लिए । जवाफमा काठमाडौंले १९ ओभर पाँच बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । सात रन हुँदा पहिलो विकेट गुमाएको काठमाडांैले ६४ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।

उसका ओपनर अमित श्रेष्ठ मात्र पाँच रनमा आउट भए भने सुबोध भाटी १० रनमा पेभेलियन फर्किए । त्यसपछि भुपेन्द्र थापा व्यक्तिगत ३६ रनमा आउट हुन पुगे । काठमाडौंको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र पुष्प थापाले सम्हालेका थिए । उनले पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे । पुष्पले २४ रनको योगदान गरे । सन्नी पटेलले विस्फोटक २५ रन बनाउँदा काठमाडौंले रोमाञ्चक जित हात पार्‍याे । उनले १० बलमा अविजीत २५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । अन्तिममा उनले छक्का प्रहार गरेर टिमलाई प्लेअफमा पुर्‍याए । जारी प्रतियोगितामा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले अत्तरियाविरुद्ध ५७ रन बनायो । यता पराजित टिम विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने भएको छ।
DPL क्रिकेट: यसरी हराए ज्ञानेन्द्रले पारस खड्काको टिमलाई Reviewed by admin on April 06, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.