Top Ad unit 728 × 90

Flash News

news;Election;politics

"यसो भएमा नेपाली काङ्ग्रेस पुन एक नम्बर पार्टी बन्नेछ" मिनेन्द्र रिजाल


काठमाडौं, २८ चैत: नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको नेतृत्व अब नाती पुस्ताले गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेला नेता रिजालले यस्तो विकल्पबारे बहस सुरु गरेका छन् । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा रिजालले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा आफू नभएको बताएका थिए । उनले भने,‘अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा कम्तिमा छ छैन, केन्द्रिय महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ, त्यसको लागि अहिले समय बाँकी छ।’

२ वर्षभित्र हुने महाधिवेशनपछि वर्तमान सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री सशांक कोइराला लगायतका बुढा तथा छोरा पुस्ताले विदा लिनुपर्ने उनको भनाई छ । उनले थपे,‘देउवा र पौडेल विदा हुनुपर्छ, छोरा र नाती पुस्ताले नेतृत्व गर्नुपर्छ।’ त्यस्तै उनले आगामी दिनमा नम्बर वान पार्टी बन्नको लागि कांग्रेसले १० प्रतिशत भोट बढाउनुपर्ने पनि बताए ।‘हामीले कम्तिमा १० प्रतिशत भोट बढाउनुपर्छ, अनिमात्रै कांग्रेस एक नम्बर पार्टी बन्छ ।’
"यसो भएमा नेपाली काङ्ग्रेस पुन एक नम्बर पार्टी बन्नेछ" मिनेन्द्र रिजाल Reviewed by admin on April 11, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.