Top Ad unit 728 × 90

Flash News

news;Election;politics

डाक्टर केसी ले भने "गोपाल पराजुलीलाई महाअभियोग लगाएरै छाड्छु"


१६ फागुन, काठमाडौं :- प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग लगाउन माग गरेका छन् । नभए आमरण अनसन बस्ने उनको चेतावनी छ ।  पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका डा. केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना नदिने व्यहोरासहितको पत्र थमाउन खोजेको डा. केसीको आरोप छ । 

उनले भनेका छन्, ‘यसले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ । यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने छौं ।’  डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी गरेको भ्रष्टाचार, माफियागिरी गरेको भन्दै उनलाई पदमुक्त गराई छाड्ने बताएका छन् ।  पराजुलीले राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने उनको माग छ । नभए सत्याग्रहसहितका कडा कदम चाल्ने डा. केसीको चेतावनी छ ।
डाक्टर केसी ले भने "गोपाल पराजुलीलाई महाअभियोग लगाएरै छाड्छु" Reviewed by admin on February 28, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.