काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुवै नेतालाई भने "अब हामी चलाउँछौ तपाईँहरु अभिभावक बन्नुहोस्।" पुरा पढ्नुहोस्!
काठमाडौं – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति तयार भएको स्पष्ट पार्नुभएको छ ।ट्वीटर मार्फत उनले आफ्नो भनाई राखेका हुन् । "एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ ! चिठिपत्रको शैली हाम्लाइ छाड्नुस्, चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्नोस्,देशभरिका कांग्रेसजनको यहि माग छ !!" (दुवै नेतालाई सल्लाह दि´सकेपछि विश्वप्रकाशको ब्यक्तिगत ट्विट)
कांग्रेस प्रवक्ता शर्माले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा देखिएको तिक्तताप्रति संकेत गर्दै चिठीपत्रको शैली छोड्न दुवै नेतालाई आग्रह गर्नुभएको छ । शर्माले चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्न पनि कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू र आफ्नो गुटको संरक्षक बन्ने काम बाहेक केही नगरेको र सबै निकाय र भातृ संगठनलाई तहसनहस बनाएको आरोप लगाउनुभएको थियो । पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा चार पृष्ठ लामो अवधारणापत्र बुझाउनुभएको थियो । नेपाली काङ्ग्रेसमा जरै देखि नै गुट अनुसार राजनीतिक नियुक्ति, उम्मेदवार चयन, टिकट प्राप्ती लगायतका समस्याहरु विद्यमान रहँदै आएको छ।
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुवै नेतालाई भने "अब हामी चलाउँछौ तपाईँहरु अभिभावक बन्नुहोस्।" पुरा पढ्नुहोस्!
Reviewed by admin
on
February 27, 2018
Rating:
Reviewed by admin
on
February 27, 2018
Rating:

No comments: