"सँबिधान कार्यान्वयनमा सरकार असक्षम" - नेपाली काङ्ग्रेस
काठमाडौं – नेपाली कांग्रेसले संविधान कार्यान्वयनको सम्बन्धमा सरकार असक्षम रहेको आरोप लगाएको छ । संविधान दिवसको अवसर सरकारको समीक्षा गर्दै कांग्रेसले संघीयतालाई दरिलो बनाउने इच्छा शक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप पनि लगाएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संविधानको अपनत्व विस्तार गर्न पनि चुकेको आरोप लगाउनुभयो ।
संविधान निर्माणमा असन्तुष्ट रहेका दलहरुसँग गरेको समझदारी सरकारले बिर्सँदा आज संविधान दिवसको दिन कतै हर्सोल्लास कतै कालो दिन मनाउनु परेको लगाउनुभयो । संविधान संशोधनमा विगतको सरकारलाई राष्ट्रघाती भने पनि अहिले सरकारले संशोधनलाई सत्ताको बार्गेनिङका रूपमा मात्रै प्रयोग गरेको उपसभापति निधिको तर्क छ । कांग्रेसले सरकार लोकतान्त्रिक चरित्र गुमाउदै गएको पनि आरोप लगाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनेगरी, समाचार लेखेको भरमा, प्रश्न सोधेको भरमा पत्रकारमाथि गैरव्यावसायिक काम सरकारले गरेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

Reviewed by admin
on
September 19, 2018
Rating:
Reviewed by admin
on
September 19, 2018
Rating:

No comments: