Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको छ- महामन्त्री शशांख कोइराला


चितवन- नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।”
एक दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए ।

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताए ।
महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए । उनले भने, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।”

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उनको भनाइ छ ।
काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको छ- महामन्त्री शशांख कोइराला Reviewed by admin on September 17, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.